बुडोल सामुदायिक साकोस बनेपाले संस्थामा कार्यरत कर्मचारीहरुको सिप तथा व्यावसायिकता विकास गर्ने उद्देश्यले आयोजित “ऊर्जाशील शिल्प र व्यावसायिकता विकास तालिम”(Fueling Skills and Professional Growth) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेको सहजीकरणमा सम्पन्न भयो । सहजकर्ता वाग्लेले ट्रान्जेक्सनल एनालाइसिसको मनोवैज्ञानिक सिद्धान्त, जीवन मार्गचित्र विश्लेषण, कौशलको प्रकारहरु, कार्यदक्षता र व्यावसायिकता, जानकारीको क्षेत्र र प्रभाव आदि सम्बन्धी प्रस्तुतीकरण तथा सामुहिक कार्य मार्फत सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो । तालिममा ४१ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष कैलाश के.सी.ले तालिम कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
