IMG-LOGO

जिप्रका काभ्रेले सेवा प्रवाहलाई थप मजबुत बनाउँदै

 मंगल, सावन २६, २०८३  -

                जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले आर्थिक वर्ष २०८२/२०८३ मा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, राजस्व संकलन, राहत वितरण, शान्ति–सुरक्षा व्यवस्थापन, बजार अनुगमन तथा प्रशासनिक सेवा प्रवाह क्षेत्रमा गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भन्नुभयो प्रजिअ अधिकारीले सेवा प्रवाहलाई थप मजबुत बनाउँदै लगिएको जनाउनुभयो । एक वर्षमा २० हजार ४०० भन्दा बढी नागरिकतासम्बन्धी सेवा, ३७ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र आवेदन दर्ता, १३ हजारभन्दा बढी राहदानी आवेदन र लक्ष्य भन्दा बेसी राजस्व संकलन गरेको बताउनुभयो । सबैभन्दा धेरै सेवा नागरिकता क्षेत्रमा प्रवाह भएको देखिन्छ । नयाँ नागरिकता, प्रतिलिपि, आमाको नामबाट नागरिकता, गैरआवासीय नागरिकता, अंगीकृत नागरिकता, नागरिकता परित्याग र रद्दसमेत गरी २० हजार ४०० वटा नागरिकतासम्बन्धी सेवा प्रदान गरिएको कार्यालयको तथ्यांकले देखाउँछ ।

                आर्थिक वर्षभर सबैभन्दा धेरै प्रतिलिपि नागरिकता ११,१०७ वटा जारी गरिएको छ । त्यसपछि नयाँ नागरिकता ९,१५७ वटा जारी गरिएको छ । आमाको नामबाट २३, गैरआवासीय नागरिकता ४३, अंगीकृत नागरिकता ९, नागरिकता परित्याग ५० र नागरिकता रद्द १० वटा भएको विवरणमा उल्लेख छ । मातृत्व–पितृत्वको ठेगाना नखुलेको अवस्थामा १ जनालाई नागरिकता प्रदान गरिएको जनाएको छ । यसैगरी नयाँ नागरिकता – ९,१५७, प्रतिलिपि नागरिकता – ११,१०७, आमाको नामबाट नागरिकता – २३, गैरआवासीय नागरिकता – ४३, अंगीकृत नागरिकता – ९, नागरिकता परित्याग – ५०, नागरिकता रद्द – १०, मातृत्व÷पितृत्व नखुलेको अवस्था – १ गरी जम्मा नागरिकता सेवा – २०,४०० ले लिएका छन् ।

३० हजार १ सय बेसीले राष्ट्रिय परिचय पत्र आवेदन दर्ता

                राष्ट्रिय परिचयपत्रतर्फ ३०,१४९ वटा आवेदन विवरण दर्ता गरिएको छ भने ७,१८९ वटा कार्ड वितरण गरिएको छ । सरकारले हरेक नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै सेवा लिनेहरुको संख्या बढेको भए पनि सहज भने गराउन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले प्राप्त श्रोत र साधन मार्फत सहज र सरल सेवा प्रदान गर्ने प्रयत्न गरेको भए पनि परिचयपत्र सम्वन्धी अनेकौं समस्या रहेको बताईएको छ । जिल्ला प्रशासन कार्यालय १३,२०८ वटा राहदानी आवेदन विवरण दर्ता गरेको छ । त्यसै अवधिमा १२,७५८ वटा राहदानी कार्ड वितरण गरिएको छ ।

                नाबालक परिचयपत्र, दलित/जनजाति परिचयपत्र र संघ–संस्था सेवा एक वर्षमा ६१० वटा नाबालक परिचयपत्र जारी गरिएको छ । त्यसैगरी ५४६ वटा दलित/जनजाति परिचयपत्र वितरण गरिएको छ । संघ–संस्था सम्बन्धी सेवातर्फ २४ नयाँ संस्था दर्ता र २१३ संस्था नवीकरण गरिएको छ । हातहतियारतर्फ नयाँ दर्ता नभए पनि ५ वटा नवीकरण गरिएको छ । कार्यालयमा ११५ वटा मुद्दा दर्ता भएका छन् भने ९२ वटा मुद्दा फछ्र्यौट गरिएको छ । २५० वटा ठाडो उजुरी÷गुनासो प्राप्त भएकोमा २४० वटा फछ्र्यौट गरिएको छ । कारागार निरीक्षण ६ पटक, सरकारी कार्यालय अनुगमन ३३ पटक, सुरक्षा निकाय निरीक्षण ३६ पटक, विकास आयोजना अनुगमन २५ पटक र संघ–संस्था अनुगमन ५८ पटक गरिएको छ । जिल्ला सुरक्षा समितिको ६२ बैठक, विपद व्यवस्थापन सम्बन्धी १० बैठक, कार्यालय कर्मचारी बैठक १२, कार्यालय प्रमुख बैठक १२, सूचना अधिकारी बैठक ५, स्थानीय तहसँग समन्वय÷अन्तरक्रिया २२ र अन्य विविध बैठक ६७ पटक सम्पन्न भएको जनाएको छ ।

७ सय ५२ अपराधिक घटना ६ सय ५८ पक्राउ

                एक वर्षमा ७५२ वटा आपराधिक घटना दर्ता भएका छन् भने ६५८ जना अभियुक्त पक्राउ परेका छन् । सडक दुर्घटनामा २६ जनाको मृत्यु र २५० जना घाइते भएका छन् । हत्या ३, आत्महत्या १०१, प्राकृतिक प्रकोपका २३ घटना, ती घटनामा १२ जनाको मृत्यु र ७ जना घाइते भएका छन् । लागुऔषध नियन्त्रणतर्फ ४४ मुद्दा दर्ता, ९१ जना पक्राउ, २१.३६३ केजी गाँजा, १,३९३ ग्राम पोल्याण्ड, ८०२ ट्रामाडोल ट्याबलेट, ५६.७५ ग्राम ब्राउन सुगर, ६ डायजेपाम एम्पुल, ४ फेनरगन एम्पुल र ५० नाइट्राजेपाम ट्याबलेट बरामद भएको विवरणमा उल्लेख छ । २७२ फर्म/पसल अनुगमन, १७ फर्मलाई जरिवाना गरिएको छ । ७७ फर्मबाट सामान जफत गरिएको जिल्ला प्रशासन काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्