IMG-LOGO

बनेपा नगरको वित्तीय प्रगति ७८ प्रतिशत

 मंगल, सावन २६, २०८३  -

    बनेपा नगरपालिकाले छनौट गरेका ३ सय ९६ योजना मध्ये आ.व. २०८२/०८३ मा ३ सय ४९ वटा योजना सम्पन्न गरेको कुरा नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनुभयो । गत वर्षको वित्तीय प्रगति भने ७८ दशमलब २६ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ । १ सय ३० वटा योजना भने कार्यान्वयन चरणमा रहेको योजना शाखा बरिष्ठ सहायक सुशील लामिछानेले जनाउनुभयो । बनेपा नगरपालिकाले बोलपत्र आह्वानबाट १२ वटा योजना संचालन भएकोमा ७ वटा योजना सम्पन्न भइ ५ वटा योजना म्याद थप भइ कार्यान्वयनमा गएको नगरपालिकाले जनाएको छ । कोटेशन सोझै खरिद छ वटा, उपभोक्ता समितिबाट ३ सय ७८ सबभन्दा बेसी योजनामा ३ सय ३६ योजना सम्पन्न गरेको छ । ४२ वटा योजना कार्यान्वयन चरणमा रहेको छ । लेखा प्रमुख विनोद हुमागाईका अनुसार आ.व. २०८२/०८३ मा ७८ दशमलव २६ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत उर्मीला काफ्लेले वित्तीय सुशासन र आर्थिक पार्दर्शीता सरकारको मुल मन्त्र हो, नीति विधि र प्रक्रियाबाट सशक्त ढङ्गबाट कार्यान्वय गरी नागरिकहरुलाई प्रभावकारी सेवा प्रवाह प्रदान गरिने जनाउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्