पंतजली योग समिति काभ्रेले गूरु पर्णिमा र आयुवेर्दिक शिरोमणि बालकृष्ण आचार्यको शुभ जन्मोत्सव योग भवन बनेपाको दिव्य हलमा भन्वयताका साथ मनाईएको छ । पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख गु्रुविन तौजलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि तौजलेले सम्पूर्ण योग साधक साधिकाहरुलाई टिका र पुष्प अर्पण गर्नूको साथै स्वामी रामदेव र आचार्य बालकृष्णको तस्विरमा माल्यार्पण गरिएको थियो । समाजलाई सहि मार्गदर्शन प्रदान गर्दै नैतिक, आध्यात्मिक तथा संस्कृतिको संरक्षण गर्ने प्रमुख अतिथि तौजलेले बताउनुभयो ।
नियमित योग अभ्यास अनुशासित जीवनशैली र गूरुबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सवै योग साधक साधिकाहरुलाई अनुरोध गर्नुभएको थियो । उक्त कार्यक्रमले शिष्य परम्पराको संरक्षण, योग तथा आध्यात्मिक चेतनाको विकासमा सकारात्मक योगदान पुग्ने कार्यक्रमका सभापति तथा पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले बताउनुभयो । सोहि अवसरमा आर्युवेदिक शिरोमणि बालकृष्ण आचार्यको शुभ जन्मोत्सबको अवसरमा यज्ञ, होम, र गायत्री मन्त्रको जप गरिएको थियो र एक हप्ता भरि काभ्रेको सबै योग केन्द्रहरुमा गायत्री मन्त्रको जप गर्ने भएको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला महिला अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्ष द्धय हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महिला उपाध्यक्ष द्धय कमला राजभण्डारी र लक्ष्मी उलक, युवा समितिका अध्यक्ष रमेश श्रेष्ठ, कार्यसमितिका पदाधिकारीहरु, विभिन्न योग सेन्टरका अध्यक्षहरु, योग साधक साधिकाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
यसै बिच रत्न चुण्डेश्वर योग साधना केन्द्र बनेपा २ नाला घिमिरेमा हालै सम्पन १५ दिने सह योग शिक्षक प्रशिक्षणको समापन भएको छ । ५० जना योग साधक साधिकाहरुले भाग लिएको उक्त तालिममा सफल हुने प्रशिक्षार्थिहरुलाई एक समारोहका विच प्रमुख अतिथि पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले प्रमाण वितरण गर्नुभयो । पंतजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायष्ठले स्वागत मन्तव्य र पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ र युवा समिति काभ्रेका अध्यक्ष रमेश श्रेष्ठ, तालिममा सहभागीहरुको तर्फबाट गोपाल प्रसाद घिमिरे र सपना घिमिरेले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व महिला समितिका अध्यक्ष ईन्दिरा तौजलेले गर्नुभएको थियो भने उक्त अवसरमा बृक्षारोपण समेत गरिएको थियो ।
