काभ्रेपलान्चोक जिल्ला बचत सघंले सामाजिक उतरदायित्व अन्तर्गत मानव कल्याण समाजलाई नगद सहित खाद्यान्न हस्तान्तरण गरेको छ । बचत संघका अध्यक्ष उदयराम कायस्थ, प्रमुख सल्लाहकार शम्भु लाल श्रेष्ठले सयुक्तरूपमा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंलाई नगद र खाद्य समाग्री हस्तान्तरण गर्नुभयो । बचत संघ संचालक समिति परिवार, संचालक अध्यक्ष उदय राम कयस्थले एक वर्षको भत्ता, लेखा सुपरिवेक्षण समिति, कर्मचारी वर्ग समेत गरि ७२ हजार ५ सय ५५, खाद्यान्न, जागरण महिला लप्सी उद्योगबाट निर्मलन श्रेष्ठले २५०० बराबरको अचार सहित सेवा घरका असाहयहरुलाई समाग्री उपलब्ध गराएको कुरा संघका प्रमुख कार्यकारी अधिकृत गुरु ढकालले बताउनु भयो । संघका सहायक प्रमुख कार्यकारी रवि केसीले संघले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसीमको सहयोग गर्दै आएको बताउनु भयो । कार्यक्रममा बचत संघका सचिव राजन अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक शिव आचार्य, संचालक समिति, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियोे ।
