IMG-LOGO

फुटसल प्रतियोगितामा न्याथोम कलेज प्रथम

 मंगल, सावन १९, २०८३  -

    संकल्प कलेजमा अन्तर कलेज फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रे प्रमुख  दिपक गौतमको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा २४ वटा टिमले भाग लिएका थिए । प्रमुख अतिथि गौतमले संकल्प कलेजले शैक्षिक उन्नयन विकासस्तर वृद्धिको साथ साथै खेलकुद क्षेत्रमा समेत विद्यार्थीहरुको वृद्धि विकास गरी समुदायलाई नै चेतनाको सन्देश प्रदान गरेको बताउनुभयो । न्याथोम कलेज काठमाडौ प्रथम र नेपाल प्रहरी साँगास्कुल दोस्रो भएको छ । प्रथम हुनेलाई ३० हजार र ट्रफी, दोस्रो हुनेलाई १५ हजार र प्रमाणपत्र प्रदान गरिएको कुरा कार्यक्रम संयोजक आयुष तौजलेले बताउनु भयो । सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेशप्रसाद न्यौपाने, कलेजका आर्थिक निर्देशक सुरज पन्त, प्रशासन प्रमुख निरोज पान्डे, लजिस्टिक हेड राज दाहाल बिभागीय प्रमुख जयराज देउजालगायतको आतिथ्यता रहेको थियो । प्रतियोगीताको सुरुको दिन कलेजका प्रिन्सिपल सूर्य बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्