IMG-LOGO

अडान काभ्रेद्वारा मानव कल्याण समाजलाई खाद्य समाग्री हस्तान्तरण

 मंगल, सावन १९, २०८३  -

    नेपाल अडिटर एशोसियसन (अडान) काभ्रे जिल्ला शाखाले २१ औं स्थापना दिवसको अवसरमा खाद्य समाग्री उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अडान काभ्रेका टिम सहित मानव कल्याण समाज काभ्रे सेवाघरमा गइ खाद्य समाग्री हस्तान्तरण गरेको छ । अडान काभ्रेका अध्यक्ष अर्जुनदास श्रेष्ठले खाद्य उपभोग्य समाग्री समाजकी अध्यक्ष सुमी मानवलाई हस्तान्तरण गर्नुभएको हो । संस्थाकी केन्द्रीय सचिव माया श्रेष्ठ, जिल्ला शाखा उपाध्यक्ष सत्यनाथरायण सापकोटाले मन्तव्य राख्नुभएको थियो । सेवा घरमा हाल ६० जना असाहय व्यक्तिहरु बस्तै आउनुभएको छ । संस्थाका उपाध्यक्ष सत्य नारायण सापकोटाले बनेपाबाट हेयर डे«सर लगी सेवाघरका असाहयहरुको कपाल समेत कटाउने कार्य गरेको संस्थाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्