IMG-LOGO

नेशनल हस्पिटल लिडरसिप एण्ड मेनेजमेन्ट कन्फरेन्स २०२६ सम्पन्न

 मंगल, सावन १९, २०८३  हरिनाथ न्यौपाने

    धुलिखेल अस्पतालमा पहिलो पटक “नेशनल हस्पिटल लिडरसिप एन्ड म्यानेजमेन्ट कन्फरेन्स २०२६” शनिबार सम्पन्न भएको छ । अस्पताल ब्यबस्थापन र नेतृत्व विषयक रास्ट्रिय सम्मेलनमा देशभरका सरकारी, सामुदायिक, शिक्षण तथा निजी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीका साथै अस्पताल व्यवस्थापनमा कृयाशिल व्यक्तित्वहरुको सहभागीता रहेकोे थियो । अस्पतालका संस्थापक डा. रामकण्ठ माकाजु श्रेष्ठले सम्मेलनको उद्घाटन गर्दै सबै क्षेत्र र ब्यक्तिहरुको सहयोग र समन्वयमा मात्रै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचनले स्वास्थ्य सेवाको क्षेत्रमा गर्नुपर्ने सुधारका लागि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
    काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, फोन्टाना मेडिकल सेन्टरका पेडियाट्रिक क्रिटिकल केयर निर्देशक डा. मुदित माथुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्य, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ, उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइन्सेजका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ, नेपाल हेल्थकेयर म्यानेजर्स एसोसिएसनका अध्यक्ष डा. होम प्रसाद अधिकारी, विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. डेनिस कार्की, धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू लगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा.विराज कर्माचार्यले सम्मेलनले नेपालको अस्पताल प्रणालीलाई आधुनिक व्यवस्थापन अभ्यास, गुणस्तर सुधार, बिरामी सुरक्षा तथा नेतृत्व विकासका अन्तर्राष्ट्रिय अनुभवसँग जोड्ने उद्देश्य रहेको जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्