IMG-LOGO

विपिशा र रोजीले प्राप्त गरे ‘मिस एन्ड मिसेस नेपाल’ को उपाधि

 मंगल, सावन १९, २०८३  -

    ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वल्र्ड २०२६’ का विजेता घोषित भएका छन् । आयोजित ग्रान्ड फिनालेमा विपिशा भट्टराई मिस नेपाल इन्टरनेसनल र रोजी श्रेष्ठ मिसेस नेपाल इन्टरनेसनल घोषित भए । मिसतर्फ नुमाफुङ सुब्बा पहिलो उपविजेता घोषित भइन् । मिसेसतर्फ कल्पना प्रसाई प्रथम उपविजेता, सरिता राई द्वितीय उपविजेता, गम्भीर गंगा तृतीय उपविजेता तथा गीता देवी अर्याल चतुर्थ उपविजेता घोषित भए । प्रतियोगिताका सहभागीले व्यक्तित्व विकास, सार्वजनिक बक्तीत्वकला, ¥याम्प वाक, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, प्रतिभा प्रदर्शन तथा नेपालको मौलिक कला, संस्कृति र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रमको आयोजना समारी इन्टरनेसनल इभेन्ट प्रालिले गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्