IMG-LOGO

‘दोस्रो केयु ग्लेसियर रनिङ शिल्ड’ प्रतियोगितामा पाँचौं समूह विजयी

 मंगल, सावन ५, २०८३  -

    बनेपा/काठमाडौँ विश्वविद्यालय (केयु) ग्लेसियर कलेज बनेपाको आयोजनामा भएको ’दोस्रो केयु ग्लेसियर रनिङ शिल्ड’ प्रतियोगिता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षता तथा राष्ट्रिय फुटबल खेलाडी मणि लामाको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न समापन कार्यक्रममा विजेता खेलाडी तथा समूहलाई रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताअन्तर्गत छात्र तथा छात्रा फुटसल, भलिवल, चेस, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, टग अफ वार लगायतका खेलहरु सञ्चालन गरिएका थिए । विभिन्न विधामा खेलाडीले उत्साहजनक सहभागिता जनाएका थिए ।
    प्रतियोगितामा पाँचौं समूहले सर्वाधिक ६ वटा स्वर्ण पदक जित्दै रनिङ शिल्ड आफ्नो नाममा पार्न सफल भएको थियो । तेस्रो ब्याचका रिजन भुजेल र सजिना परियार उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित भए । पाँचौं समूहका प्रज्वल यगोल श्रेष्ठ र रस्मि नगरकोटी उच्च स्कोरर (हाई स्कोरर) भए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय फुटवल खेलाडी मणि लामाले खेलकुदले नैतिकता, चरित्र निर्माण, अनुशासन, नेतृत्व क्षमताको विकास र सँगठीत टोली भावनाको विकास गर्ने भएकाले विद्यार्थी जीवनमा महत्वको अर्थराख्ने बताउनुभयो । खेलकुद क्षेत्रको दीगो विकास गर्न राज्यले ध्यान केन्द्रित गरी लगानी बढाउनु पर्ने तर्फ राष्ट्रिय खेलाडी मणि लामाले तर्क गर्नुभयो । समापन कार्यक्रममा प्रिन्सिपल इन्दु थापा, केयु ग्लेसियर कलेजका कार्यक्रम निर्देशक अनुप विष्ट, बेलर एकेडेमीका विभिन्न विभागका प्रमुख, खेलकुदसँग सम्बन्धित व्यक्तित्व तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्