IMG-LOGO

बेलर स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्याे

 मंगल, सावन ५, २०८३  -

    शैक्षिक स्तर बिकासको साथ साथै अतिरिक्त क्रियाकलापलाई प्रोत्साहित गर्दै आएको बेलर इन्टरनेशनल एकेडेमी बनेपाले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, प्रमुख उपसचिव सविता दंगालको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्दु थापा, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, विद्यालयका विभिन्न विभागका प्रमुख, शिक्षकहरू, विभिन्न क्षेत्रका व्यक्तित्व तथा प्याब्सनका विभिन्न पालिकाका पदाधिकारीहरू तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति गरेका थिए । विद्यालयले आयोजना गरेको डिजिटल सामग्री निर्माण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । विद्यालयले डिजिटल सीप, सिर्जनशीलता र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीमा नवीन सोच र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । प्रमुख अतिथि सविता दंगालले विद्यार्थीहरुले एसईई सफलता हाँसिलसँगै कक्षा ११ अध्ययन मार्गमा जाँदा आफ्नो विगतको क्षमता, आर्थिक अवस्था, आफ्नो दृढ इच्छा कुन विषयामा छ सो अनुसार आफ्नै घर आगनको पायक पर्ने विद्यालय छनोट गर्न सुझाव दिनुभयो । शिक्षा इकाइ प्रमुख सविता दंगालले विद्यार्थीहरुले अनुशासन संस्कारको अनुसरण पालनाले शैक्षिक उपलब्धीलाई सघाउने जाउनुभयो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले बेलर इन्टरनेशनल एकेडेमीले स्थापनाकालदेखि नै गुणस्तरीय, व्यावहारिक प्रविधिमैत्री शिक्षा प्रदान गरेको बताउनुभयो । सुचना र प्रविधिको सकारात्मक विकासलाई ध्यान केन्द्रीत गरि शिक्षण सिकाइ गरेको बताउनुभयो । प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउनुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले मन्तव्य राख्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्