IMG-LOGO

वल्र्डकपमा स्पेन विश्व विजेता, अर्जेन्टिना उप–विजेता र इङल्याण्ड तेस्रो

 मंगल, सावन ५, २०८३  खेल समाचारदाता 

    थप गरिएको अतिरिक्त समयमा फेररान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेको छ । अमेरिकाको न्यूजर्सी स्टेडियममा सम्पन्न सनसनीपूर्ण फाइनल भिडन्तमा जित निकाल्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको ट्रफी आफ्नो नाममा गराएको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मुख्य मिडफिल्डर एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।
    यसैको फाइदा उठाउँदै अतिरिक्त समयको १०६औँ मिनेटमा पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत पास मिलाएपछि फेररान टोरेसले उत्कृष्ट फिनिसिङ गर्दै स्पेनका लागि निर्णायक गोल गरे । यसअघि सन् २०१० मा पहिलो पटक फिफा विश्वकप जितेको स्पेनले १६ वर्षपछि पुनः फुटबलको सर्वोच्च उपाधि उचाल्न सफल भएको छ । युरो २०२४ को उपाधि जितेको स्पेनले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै विश्वकपको उपाधि समेत आफ्नो पोल्टामा पारेको हो । अर्कोतर्फ, लियोनेल मेसीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जितेर इतिहास रच्ने अवसरबाट चुकेको छ । इङ्ल्याण्ड तेस्रो भएको छ भने फ्रान्स चौथो भएको छ  ।
एम्बाप्पेलाई गोल्डेन बुट 
    फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे फिफा विश्वकप फुटबलको इतिहासमा लगातार दुई संस्करणमा ‘गोल्डेन बुट’ जित्ने पहिलो खेलाडी बनेका छन् । २७ वर्षीय एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै यो ऐतिहासिक सफलता हात पारेका हुन् । सन् २०२६ को विश्वकपमा एम्बाप्पेले कुल आठ खेल खेल्दै १० गोल गरेका छन् । उनले आठ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन् । यसअघि कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पे आठ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए । लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने एम्बाप्पे पहिलो खेलाडी हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्