IMG-LOGO

कवि हरिप्रसादको ‘देश बाँचे म बाँच्दछु’ लोकार्पित

 मंगल, असार ३०, २०८३  -

    कवि हरिप्रसाद चौलागाईँको कवितासङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’को लोकार्पण सम्पन्न भएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवाली, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, कवि चौलागाईँ र रामसुन्दर देउजा लगायतले लोकार्पण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा ज्ञवालीले भने, ‘कविताको मूख्य कुरा भनेकै भावना हो । विचार, संकल्प र साधनाले यसमा महत्त्व राख्दछ । कविताको पहिलो शर्त लयको माधूर्य, दोस्रो शब्दको सौन्दर्य, भाव सौन्दर्य संप्रेषणीयता हुनुपर्छ तब कविता सुन्दर हुन्छ ।’
    प्रा.डा. गौतमले जस्तो व्यक्तित्व त्यस्तै सिर्जना भन्दै आफू कविता कर्ममाथि कर्म गर्ने मान्छे भएको बताए । ‘सर्सती कृति हेर्दा चौलागाईँका कवितामा नेपाली कविता क्षेत्रमा कम प्रचलित छन्दहरू पनि प्रयोग गरिएको पाएँ । कविताहरू सरलतामा पनि गहिरो भाव दिने रहेछन् ।’ उनले भने । कृति चर्चा गर्दै समालोचक भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयहरूमा ध्यान गएको देखिन्छ । संवेदनशील भएर भावनालार्य ह्रदयस्पर्शी हुनेगरी कविताहरू लेखिएका छन् । समाजको संगत विसङ्गत कविताहरूले देखाएका छन् । सकारात्मक सोचले भरिएका छन् कविताहरू । पदयोग र वियोगमा केही ध्यान नपुगेको देखिएजस्तो लागे पनि छन्दमा भने दोष कम छ ।’
    अर्का वक्ता रोदनले भने, ‘लेखनीलाई उमेरले छेक्दैन भन्ने कुरा कविको कृति प्रकाशनले प्रष्ट पारेको छ । सरल र शालीन भावका कविका कविता उनीजस्तै छन् ।’ कवि चौलागाईँले सबैलाई धन्यवाद दिए । कार्यक्रममा डा सीता सुवेदी, रुपा रिसाल र दीपक चौलागाईँले कृतिभित्रका कविताहरू वाचन गरे । गायक रामहरि न्यौपानेले गीत गाएको उक्त कार्यक्रम रामसुन्दर देउजाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदीप सापकोटाको सञ्चालन र पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतको स्वागतमा उक्त कार्यक्रम भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्