IMG-LOGO

अन्तर्राष्ट्रिय साहित्य समाजमा लालगोपाल सुवेदी

 मंगल, असार ३०, २०८३  -

    नेपाली भाषा साहित्यलाई विश्वव्यापी बनाउने अभियानमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज सक्रिय छ । सो ‘अनेसास’को अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी भएका छन् । शुक्रबार (२६ असार) सम्पन्न निर्वाचनको नतिजा अनुसार वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी, महासचिवमा राजु सिटौला र अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली निर्वाचित भएका हुन्  ।
    नवगठित कार्यसमितिको सदस्यमा राजेन्द्र केसी, डा. पारसमणी दङ्गाल, हरिमाया अधिकारी, महेश्वर पन्त र मिरा कोइराला निर्वाचित भएका छन् । यस अगाडि एशिया क्षेत्रका उपाध्यक्ष दिनेशराज ज्ञवाली, युरोप क्षेत्रका उपाध्यक्ष राज श्रेष्ठ र ओसियाना क्षेत्रका उपाध्यक्ष डा. प्रकाश पौडेल, सचिव ऋषभराज घिमिरे र कोषाध्यक्ष पुष्पा खनाल निर्विरोध निर्वाचित भइसकेका छन् । प्रवासमा छरिएर रहेका साहित्यकार, लेखक तथा कविको साझा थलोको रूपमा अनेसास विगत तीन दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्