IMG-LOGO

बीपी राजमार्ग क्षेत्र निरीक्षण

 मंगल, असार १६, २०८३  -

    मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्ग क्षेत्रमा अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापा, सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेश तथा इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्रा लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा मनसुनका कारण हुन सक्ने सम्भावित विपद्जन्य घटनाको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो । विपद्को समयमा वीपी राजमार्गमा हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न उच्च मनोबलका साथ प्रभावकारीरूपमा कार्य गर्न तथा गराउन सम्बन्धित कर्मचारीहरूलाई आवश्यक निर्देशन दिइएको थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्