IMG-LOGO

लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस

 मंगल, असार ९, २०८३  -

    अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस काभ्रेमा सप्ताहव्यापी कार्यक्रमका साथ शुभारम्भ गरिएको छ । बनेपा चारदोवाटोमा चालक तथा सह चालकहरुको परिक्षण गरि शुरु गरिएको दिवसको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले उद्घाटन गर्नुभयो । असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरि मनाइने उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्की, नेपाल पत्रकार महासघं काभ्रेका अध्यक्ष बिनोद न्यौपाने लगायतले लागु औषधले पारेको प्रभाव र त्यसको रोकथामका लागि भएका प्रयासका बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्