IMG-LOGO

नमोबुद्ध नगरको बजेट ९१ करोड ३६ लाख

 मंगल, असार ९, २०८३  हरिनाथ न्यौपाने

    नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको नवौं अधिबेशन सोमबार सम्पन्न भएको छ । नगरले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर प्रमुख कुनसाङ लामाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक जनशक्तिलाई आवश्यक र औचित्यका आधारमा दरबन्दी मिलान तथा पुनर्वितरण, समायोजन कार्य अगाडी बढाइने, विद्यालयका हरेक क्रियाकलापमा अभिभावकको प्रत्यक्ष निगरानी तथा सहभागीता गराइने उल्लेख गर्नुभयो । स्थानीय उत्पादन, रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरणलाई प्रवद्र्धन गर्दै आर्थिक विकासको आधार सुदृढ गरिने जानकारी दिनुभयो । बैंक सम्म पहुँच र क्षमता नभएका नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने, आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र प्रवित्रिमैत्री बनाइने, स्वास्थ्य पुर्वाधार विकास, आयुर्वेद चिकित्सालाई प्रबद्र्धन लगायतका योजनालाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । दिगो विकास, जलवायू परिवर्तन, फोहोर व्यवस्थापन , विपद् व्यवस्थापनको पुर्वतयारी, प्रतिकार्य, पुनर्निमार्ण र पुनस्र्थापनालाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।  सार्वजनिक शौचालय निर्माण, कबर्ड हल, प्रतिक्षालय, व्यायामशाला निर्माण लगायतका योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ । कार्यक्रममा नगर उप–प्रमुख रत्न बहादुर लामाले भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकासका कार्यक्रमलाई जोड दिदै नगरस्तरीय प्रकोप व्यवस्थापन कोषमा २ करोड विनियोजन गरिएको छ । सडक मानवमुक्त नगर बनाउने योजना नगरपालिकाले अगाडी सारेको छ । सभामा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले २८ वटा नगरस्तरीय योजना मध्ये १५ वटा सम्पन्न भएको र १० वटा योजना अन्तिम चरणमा पुगेको जानकारी दिदै वित्तीय प्रगती प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सार्वजनिक लेखा समितिका संयोजक ÷वडाध्यक्ष कृष्ण बहादुर तामाङले आ.ब २०८३÷०८४ को आर्थिक बिधेयक र महालेखा परिक्षकको कार्यालय बाट प्राप्त अन्तिम लेखा परिक्षण प्रतिबेदन, वडाध्यक्ष वीर बहादुर लामाले बिनियोजन बिधेयक र सम्बन्धित विषयगत समितिका संयोजकहरुले विषयगत समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्