IMG-LOGO

छचल्किएका भावनाहरु लोकार्पित

 मंगल, असार ९, २०८३  -

    शिवचन्द्र स्मृति प्रतिष्ठान, महोत्तरीको आयोजनामा सम्पन्न एक समारोहमा प्रा. डा. चन्दा कार्की भण्डारी, प्रा. डा. हिरा तुलाधर एवं  प्रा. डा. सुमनराज ताम्राकारको सहलेखनमा ‘इसेन्सियल इन्स्ट्रुमेन्ट ईन अब्सटेट्रिक्स एन्ड गाईनेकोलोजी’ र  प्रा. डा. चन्दा कार्की भण्डारीद्वारा लिखित कविता संग्रह’ छचल्किएका भावनाहरु’ लोकार्पित भयो । ती पुस्तकहरुको लोकार्पण विशिष्ट अतिथिहरु डा. बेनु बहादुर कार्की, प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की, डा. सपना अमात्य, प्रतिनिधि सभा सदस्य श्रीमती कामिनी चौधरी, पूर्व सांसद बिन्ध्यबासिनी कंसाकारले संयुक्त रुपमा गर्नुभयो ।
    उक्त प्रतिष्ठानका उपाध्यक्ष राजन सिंह भण्डारीले स्वागत मन्तव्य, प्रतिष्ठान परिचय तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभयो । त्यसैगरी लेखक प्रा. डा. चन्दा कार्की भण्डारीले दुवै पुस्तकको भाव र उद्देश्य बारे थप प्रष्ट पार्नुभयो भने किस्ट मेडिकल कलेजका प्रा. डा. हिरा तुलाधर र धुलिखेल अस्पतालका प्रा. डा. सुमनराज ताम्राकारले सहलेखनको अनुभव सुनाउनुभयो ।
    प्रा. डा. सानुमैयाँ दली, प्रा. डा. सरस्वती पाध्ये, प्रा. डा. भन्दा रिजालले शुभकामना मन्तव्य राख्नु भयो भने विशिष्ट अतिथिहरु डा. बेनु बहादुर कार्की, प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की, डा. सपना अमात्य, प्रतिनिधि सभा सदस्य श्रीमती कामिनी चौधरी, पूर्व सांसद बिन्ध्यबासिनी कंसाकारले ती पुस्तकहरुले समाजमा पार्ने प्रभाव, लेखक प्रा. डा. चन्दा कार्की भण्डारीको सक्रियता र योगदान माथि प्रकाश पार्नुभयो। तफ पुस्तकहरूको बिक्रिबाट संकलित रकम शिवचन्द्र स्मृति प्रतिष्ठानबाट संचालन गरिने सामाजिक कार्यमा प्रयोग गरिने जानकारी दिइयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्