IMG-LOGO

टिपरको बीचमा च्यापिदाँ देवेन्द्रको ज्यान गयो

 मंगल, असार ९, २०८३  -

                टिपरको बीचमा च्यापिदाँ पाँचखाल नगरपालिका–४ का १९ वर्षीय देवेन्द्र तामाङको मृत्यु भएको छ । आइतबार साँझ ७ बजे तिर मण्डनदेउपुर नगरपालिका–१२ ठुली वेशी स्थित वेतेनी बगरमा बा ४ ख ९८२५ न. को टिपर बालुवा लोड गरि ब्याक गर्ने क्रममा उक्त स्थानमा काम गर्ने JCB को सहचालक पाँचखाल नगरपालिका–८ होक्से घर भई हाल पाँचखाल नगरपालिका–४ तामाघाट बस्ने राम बहादुर तामाङको छोरा बर्ष १९ को देबेन्द्र तामाङलाई रोकि राखेको बा ४ ख ९९०९ न. को टिपरको बिचमा च्यापिन गइ घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । हिगुवापाटी, दोलालघाट र प्रहरी चौकी पाँचखालबाट प्रहरी टोलि खटिइ आवश्यक आनुशन्धान मुचुल्कका लागि थप अनुसन्धान तथा मुचुल्काको लागि घटना स्थलमा प्रहरी चौकी हिगुवापाटी, जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक समेतको टोलि खटिइ गएको, दुबै सवारी साधनको झ्याल ढोकाको सिसा फुटाई क्षति भएको दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बा.४ ख ९८२५ न. को टिपर चालक जिल्ला ललितपुर गोदावरी नगरपालिका–६ बस्ने बर्ष ३९ को दिपक सत्याल जिप्रकाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्