पनौती नगरपालिका–१२ महभिर स्थित बस्ने रामशरण मुल्मीको श्रीमती वर्ष ६८ की कमला मुल्मी आफ्नै बारीको काक्रो खेतीमा बाँदर धेरै आउने भएको कारण करेन्ट फिट गरी राखेकोमा काक्रो गोडमेल गर्न जाने क्रममा करेन्ट लागि घटनास्थलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले खबर प्राप्त हुना साथ थप अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिइ गएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव धुलिखेल अस्पतालमा पोस्टमार्टम गरी धार्मिक परम्परा अनुसार मृतक कमलाको दाहासंस्कार गरेको प्रहरीले जनाएको छ ।
