IMG-LOGO

पनौती नगरले नीति तथा कार्यक्रम पारित गर्याे

 मंगल, असार ९, २०८३  -

                पनौती नगरपालिकाको १९ औँ नगर सभाको पहिलो बैठक सम्पन्न भएको छ । नगर सभाको बैठकमा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकालाई समृद्ध, स्वच्छ, सुरक्षित तथा आत्मनिर्भर नगर निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो । बजेट भने असार १० गते ल्याउने भएको छ । नगरप्रमुख भण्डारीले प्रगति समिक्षा गर्दै भन्नुभयो ः

                संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएण्डएम (O&M) तयार भइ स्वीकृतीको अन्तीम तयारीमा रहेको छ । राजश्व संकलन तथा भूक्तानीलाई सुत्रप्रणालीमा आवद्ध गरिएको छ । नगरपालिका, वडा कार्यालय स्वस्थ्य संस्थाहरुमा र विद्यालयहरुमा समेत विद्युतीय हाजीरीलाई प्रयोगको लागि अन्तिम चरणमा पुगेको छ । सार्वजनिक निकाय बजार क्षेत्र र सम्पदा क्षेत्रमा (CC Camera) सिसि क्यामरा जडान गरी सुरक्षाको प्रत्याभूति गराएको छ । प्राकृतिक तथा वित्त आयोगको कार्य सम्पादन मुल्याङ्कनमा काभ्रेपलाञ्चोक जिल्लाको दोश्रो स्थानमा रहन सक्यो । नागरिक वडापत्र तर्जुमा तथा जनशक्ति क्षमता विकासको लागि तालिम कार्यक्रम सञ्चालन, ३ वटा प्रशासनिक भवन, निर्माण सम्पन्न २ वटा निर्माणधिन, नगर प्रशासनिक भवन निर्माणधिन रहेको छ ।

                त्यसैगरी हाम्रो निर्वाचित जनप्रतिनिधि र कर्मचारी वर्ग नगरवासीको तिब्र विकासको चाहनालाई मध्यनजर गरी सडक सञ्जाल विस्तारदेखि पिच सम्मका कार्यहरु गरेको छ । ३४ हजार ४ सय ७ मिटर सम्म ट्रयाक खनेको, ५ हजार ३ सय ७१ मिटर सडक चौडा गरेको, ३७ हजार २ सय ७० मिटर सडक ग्राभेलीङ सोलिङ गरिएको, २५ हजार ७ सय ४३ मिटर सडक ७ लान गरेको १४ हजार ८ सय २६ मिटर कालो पत्र्रे गर्ने कार्य भएको छ । रोशी खोला ततबन्ध कार्य अन्तर गत प्लमवाल तथा ४ हजार ८ सय २१ वटा ग्यावीन जाली भरी ७५ प्रतिशत योजना कार्य सम्पन्न भएको छ । ५ सय ५४ वटा हयूम पाइप विछ्याइ नागरिकहरुलाई नियमित अखतजातको प्रबन्ध गरिएको छ । २५ वटा भवन निर्माण, ३ स्थानमा पिकनिक स्पट निर्माण, उद्यान निर्माण, ६ स्थानमा खुल्ला व्यामशाला निर्माण, ६३ स्थानमा ट्रस निर्माण गरिएको छ । ९ स्थानमा खेलकुद मैदान निर्माण, ६ वटा पुल निर्माण, एक घर एक धारा अभियान अन्तरगत ४२ हजार ९ सय १९ मिटर खानेपानी खानेपानी पाइप गरी २१ वटा टयाङ्की निर्माण, ९ वटा इन्टेक निर्माण, २ हजार ३ सय ५५ परिवारलाई खानेपानी उपलब्ध गराएको छ ।

                त्यस्तै गरी अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयमा ल्याएको, शैक्षिक गुणस्तर विकास गर्न शिक्षकहरुलाई क्षमता विकास तालिम, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा सहयोग, १२ वटा विद्यालयमा आइसीटी कक्षा, ४ विद्यालयमा पुस्तकालयको व्यवस्था, संस्थागत विद्यालयका छात्राहरुको लागि सेनीटर प्याड प्रबन्ध गरिएको, ४ हजार २ सय ५० लाई छात्रवृति उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृति, त्यस्तै शिक्षातर्फ नगरवासीमा स्वास्थ्य क्षेत्रको विकास गर्न १५ शैयाको नगर अस्पताल संचालन, नगर अस्पताल र सुनथानमा प्राथमिक स्वस्थ्य केन्द्रबाट सफ्टवेयर जडान गरी स्वास्थय बीमाको प्रथम सेवा विन्दु संचालन, पनौती वडा नं. ७ को स्वास्थ्य संस्था चौकीलाई जिल्लाकै नमुनाकारुपमा विकास र विस्तार गरिएको छ । जेष्ठ नागरिक स्वास्थ्य शिविर आँखाको उपचार, मोतिया विन्दुको शल्येक्रिया, २२ हजार ३ सय ८४ जेष्ठ नागरिक, ३ सय १४ मोतियाविन्दुको उपचार गरिएको छ । पनौती स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीबाट ९४ वटा विशेषज्ञ मानसिक स्वास्थ्य शिविर मार्पmत ११ हजार ७ सय ६९ जनालाई निःशुल्क औषधी वितरण गरिएको ४ हजार ४ सय ९१ जनाको मानसिक स्वास्थ्यमा सुधार आएको छ । कडा रोग लागेका ४ सय ३२ विरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । मेयर दन्त उपचार कार्यक्रम १ सय १९ जेष्ठ नागरिक कृतिम दाँत जडान गरिएको छ ।

                सभामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, युवा स्वरोजगार, महिला सशक्तीकरण, डिजिटल सेवा प्रवाह तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा समेटिएको छ । नगर प्रमुख भण्डारीले पनौतीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्तिवक महत्वलाई संरक्षण गर्दै विकास र समृद्धिको यात्रालाई थप प्रभावकारी बनाइने जनाउनुभयो । भण्डारीले नगरभित्रका सडक, खानेपानी, सिंचाइ, कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै उत्पादनमा आधारित अनुदान, कृषक प्रोत्साहन कार्यक्रम, कृषि बजार व्यवस्थापन तथा पशुपालन क्षेत्रको व्यावसायीकरणमा जोड दिइने नीति लिइएको बताइएको छ ।

                नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधार, प्राविधिक तथा सीपमूलक शिक्षाको विस्तार, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका कार्यक्रम समावेश गरिएको छ । स्वास्थ्य तर्फ नगर अस्पतालको सेवा विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि, ज्येष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भण्डारीले बताए । त्यसै गरी युवा तथा महिलालाई उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बनाउने, सीपमूलक तालिम सञ्चालन गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र क्षमता विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले आगामी वर्ष वातावरण संरक्षण, विपद् व्यवस्थापन, हरियाली प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । साथै, डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउँदै सुशासन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ भण्डारीले भन्नुभयो ।

                नगरसभामा उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत नोखिराम ओली, वडाध्यक्षहरू, नगरसभा सदस्यहरू, विषयगत शाखा प्रमुखहरु, कर्मचारीहरूको सहभागिता रहेको थियो । सभामा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै नगर प्रमु भण्डारीले नगरको विकास र समृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र तथा आम नागरिकको सक्रिय सहभागिताबाट मात्र पनौतीलाई नमुना नगरका रूपमा स्थापित गर्न सकिने बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्दै कार्यान्वयन मार्फत दिगो विकास, सुशासन र समृद्ध नगर निर्माणको लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्