IMG-LOGO

गृहमन्त्री विरुद्ध उजुरी

 मंगल, असार ९, २०८३  -

       गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी परेको छ । हिरासतमा रहेको समयमा ज्यान मार्ने धम्की दिएको भन्दै सोमबार उनी विरुद्ध आयोगमा उजुरी परेको हो । तीन युवा अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले उजुरी दिएका छन् । 
    प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा जेठ १७ गते नेपालले पनि भारतको जमिन मिचेको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि जेठ १९ गते लैनचौरस्थित भारतीय दूतावासअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग रहेको र सीमा समस्याको विषयमा भारतीय ज्यादतीको अन्त्य हुनुपर्ने माग गर्दै प्रदर्शन गर्नेक्रममा उनीहरू पक्राउ परेका थिए । पक्राउ परेको आधा घण्टापछि गुरुङ सोह्रखुट्टे प्रहरी वृत्तमा पुगेर ज्यानमार्ने धम्की दिएको उजुरी पत्रमा उल्लेख छ । 
    तीन युवाले उजुरी दिँदै स्थलगत अनुगमन र बयान लिन, प्रहरी कार्यालयको सिसिटीभी फुटेजलगायतको संरक्षण गर्न र दोषीमाथि कारबाही सिफारिस गर्न माग गरेका छन् । उजुरीमा थुनुवा कक्षमा प्रवेश गरी गुरुङले संविधानको सम्मान पूर्वक बाँच्न पाउने हक, न्याय सम्बन्धि र यातना विरुद्धको हकको उल्लंघन् गरिएको बताइएको छ । धम्की दिने समयमा उनी गृहमन्त्री थिएनन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्