बनेपाको चारदोबाटोमा स्व. राजा त्रिभुवनको शालिक पुनः स्थापना गर्ने विषयमा हिजो बृहत्त भेला सम्पन्न भएको छ । शालिक पुनः निर्माण संघर्ष समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको भेलाले स्थानीय निकायदेखि, नगर, सडक विभाग, जिल्ला प्रशासन कार्यालय देखि गृह मन्त्रालयसम्म जानकारी सहित सहयोग गर्न पत्राचार गर्ने निर्णय गरेको छ । साथै शालिक निर्माण गर्न चाहिने प्राविधिक इन्जिनियरलाई समन्वय गर्ने, जिल्लाभरका राजनितिक डलहरुलाई सल्लाहकारका भुमिकाका लागि अनुरोध गर्ने समेत निर्णय भएको बताइएको छ । भेलामा त्रिभुवन शालिकलाई पुनः स्थापना गर्नुपर्छ भन्ने सोचाइ राख्नुहुने व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त शालिक २०६२÷०६३ को जनआन्दोलनका क्रममा आन्दोलनकारीहरुले भत्काएका थिए ।
