नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनेपा शाखाको आयोजनामा अभिकर्ता पूनः र्ताजगी तथा दक्षता अभिवृद्धि कार्यक्रम आइतबार सम्पन्न भयो । बनेपा पार्टी भेन्यूमा सम्पन्न कार्यक्रमको उद्घाटन वरिष्ट नायव महाप्रबन्धक उमापती पोखरेलले गर्नुभयो । वरिष्ठ सहायक नायव महाप्रबन्धक ओमप्रकाश पुडासैनी विशिष्ट अतिथि रहनुभएको थियो । प्रशिक्षण दिनुहुँदै प्रमुख अतिथि वरिष्ठ नायब महाप्रबन्धक उमापति पोखरेलले सर्वाधिक शेयर पूँजी र सर्वाधिक निमीत भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नागरिकहरुको विश्वसनीय बन्न सकेको धारणा राख्नुभयो । सर्वाधिक बिमा कोष २ खर्ब ५५ अर्ब, ४७ लाख निमीत संख्या, साढे ९ अर्ब शेयर चुक्ता पूँजी भूक्तानी, १ सय ८८ वटा शाखाबाट बिमीतलाई सेवा प्रदान गरेको छ । जन्मेदेखि ७० वर्ष उमेर समूहकाले जीवन बीमा गर्न सक्छन् । ७ अर्ब ४६ करोड मृत्यूदावी भूक्तानी गरिसकेको कम्पनीले जनाएको छ । त्यस्तै ३ सय ५१ अर्व सर्वाधिक बीमा शुल्क रहेको कुरा नेपाल लाइफ इन्सोरेन्सका लि. बनेपा शाखा प्रबन्धक राजेश लुइटेलले बताउनुभयो । १ सय ११ अर्ब सर्वाधिक बिमा शुल्क संकलन भएको छ । १४ वटा बीमा कम्पनी भन्दा सर्वोत्कृष्ट बीमा कम्पनी नेपाल इन्सोरेन्स कम्पनी भएकोले बीमीतलाई ढुक्कसँग बीमा गर्न अनुरोध समेत गरेको छ । उक्त तालिममा बीमा क्षेत्रमा अतुलनीय योगदान पु¥याए बापत कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक उमापति पोखरेललाई बनेपा शाखाले सम्मान समेत गरेको थियो ।
