नैतिक, संस्कार, सिप र सृृजनालाई जोड्दै अघिबढेको क्षितिज इङ्गलिश बोर्डिङ स्कुल बनेपाले एसईईमा उत्कृष्ट नतिजा सहित उतीर्ण भएका छात्र छात्रालाई बधाई ज्ञापन गरेको छ । २०८२ सालको एसईईमा ५० जनाले परीक्षा दिएको सबैले उतीर्ण गरी सतप्रतिशत नतिजा ल्याउन सफल भएको कुरा विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले बताउनुभयो । विद्यालयका संरक्षक गोविन्दलाल प्रधानाङ्गले शिक्षा सिद्धान्त मुखी, रटानमुखी नभई पढेका विषय बस्तुहरु व्यवहारमा उतारेर विद्यार्थीमा सक्षमताको विकास गर्नुपर्ने धारणा राख्नुभयो । विद्यालयका व्यवस्थापन अध्यक्ष उदयराम कायस्ठ, सञ्चालक अध्यक्ष विकास श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभे्रका कोषाध्यक्ष केशवराज पौडेल, लगायतले काभ्रे जिल्लाको शैक्षिक अवस्था सुधार भएका पक्षका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ काभ्रेको संयोजक एवं काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने विद्यालयका संचालकहरु कृष्णप्रसाद तिमल्सिना, इन्द्रमणी न्यौपाने, विमला शर्मा चौलागाई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो ।
