दुग्ध विकास बोर्डले किसानका मुद्दा उठाएको तथा दुग्ध पदार्थबारे समाचार पैmलाई योगदान पु¥याएवापत कोइरालालाई सम्मान गरेको हो । विश्व दूध दिवसको अवसरमा आयोजित कार्यक्रममा कृषिमन्त्री गिता चौधरी र सचिव डा. राजेन्द्रप्रसाद मिश्र लगायतले वहाँलाई सम्मान गर्नुभएको हो । कोइरालाले हिमालय टेलिभिजन र अनलाइन खबरको रिपोर्टिङ गर्दै आउनुभएको छ । कोइरालाले काभ्रे टाइम्समा लामो समय सम्म सह–सम्पादकको भूमिकामा रहेर कार्य गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट किसान नमूना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल, उत्कृष्ट सहकारी सस्थाहरू विजय दुग्ध उत्पादक सहकारी संस्था चितवन, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, बृहत्तर पशुपालन तथा कृषि सहकारी सस्था इलाम, दुग्ध उद्योगी सूर्योदय मिल्क एण्ड इण्डस्ट्रीज प्रालिका संचालक मनोजकुमार यादव, डेरि फुड एण्ड बेभेरेज प्रालीका सञ्चालक शिव चरण त्यात र डेरी विज्ञ बाबूकाजी पन्तलाई पनि सम्मान गरिएको थियो ।
