IMG-LOGO

फरार ६ जना प्रतिवादी पक्राउ

 मंगल, जेठ १९, २०८३  -

    जिल्ला अदालतबाट पैmशला भई फरार रहेका ६ जना प्रतिवादीहरु पक्राउ परेका छन् । विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएका प्रहरी टोलिले ति प्रतिवादीहरुलाई पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पठाएको जनाएको छ । जसमा अभ्रद्र व्यवहार मुद्दामा बनेपा ८ का २२ वर्षिय सुरज काप्mले, चोरी मुद्दामा बनेपा ११ का रुपक अधिकारी, बनेपा ८ का विवस मानन्धर, ललितपुर २० का साजन शाक्य, लागु औषध मुद्दामा नमोबुद्ध ६ का इन्द्रलाल तामाङ र बैकिङ कसुरमा चौतारा साँगाचोकगढी ९ का रमेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्