IMG-LOGO

बिन्धवासिनी साकोसको रक्तदान कार्यक्रम

 मंगल, जेठ १२, २०८३  -

    बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौती सेवा कार्यलयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा आइतबार पनौतीमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रगत दान गर्नु भएको छ । कार्यक्रममा रक्तदाता रघुनाथ हुमागाईले १२१औं पटक रक्तदान गर्नु भएको थियो ।
    सस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ, सेवा कार्यालयका सयोजक रमेशप्रसाद जंगम लगाएत पदाधिकारीहरुले रक्तदाताहरूलाई आजै सम्मानपूर्वक प्रमाणपत्र प्रदान गरिएको थियो । सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको कार्यालय ब्यबस्थापक रामचन्द्र थापाले जानकारी दिनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्