“मानसिक स्वास्थ्य प्रवद्र्धन लक्षित आत्महत्या न्यूनिकरणका लागि जोखिम संचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम धुलिखेलमा आइतबार सम्पन्न भयो । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले जिल्लाका क्रियाशिल संचारकर्मीहरुको बीचमा उक्त कार्यक्रम गरिएको हो । आत्महत्या न्यूनिकरणका लागि सकारात्मक सन्देश पैmलाउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको कुरा स्वास्थ्य तथा जन संख्यामन्त्रालयका स्वस्थ्य तथा खाद्य स्वच्छता वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक एवं सूचना अधिकारी डाक्टर भक्तबहादुर केसीले संचारकर्मीहरुलाई प्रशिक्षण दिनुभयो । वहाँले भन्नुभयो ः डिप्रेशनको औषधी सेवन गरेका तनाव, परिवारिक विग्रहमा परेका व्यक्तिहरुलाई उचित ध्यान पु¥याएर उपचार तथा मनोपरामर्शबाट आत्महत्या रोक्न सकिने धारणा राख्नुभयो ।”
आत्महत्या न्यूनिकरणमा जिम्मेवार सञ्चार प्रवाह तथा सञ्चारमाध्यमले निर्वाह गर्न सक्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, तथ्यमा आधारित प्रस्तुति, पीडित तथा परिवारको गोपनीयताको संरक्षण र सकारात्मक सन्देश प्रवाहका विषयमा तथ्यगत विश्लेषण गरिएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन तथा समन्वय जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविन कार्की लगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा सहजीकरण गर्दै जनस्वास्थ्य कार्यालयकी डा. उर्मिला पौडेलले मानसिक स्वास्थ्यलाई अहिलेको समयको गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा इङ्गीत गरिएको भएपनि हाल सामान्य करण गरिदै लगिएको जनाउनुभयो । वहाँले आत्महत्या केवल व्यक्तिगत समस्या नभई सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक अवस्थासँग जोडिएको जटिल विषय भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सबै क्षेत्रको समन्वय सहकार्य आवश्यक रहेको तर्क गर्नुभयो ।
तथ्याङ्क अनुसार नेपालमा हरेक दिन औसत १९ जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् भने वार्षिक करिब ८ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्षमा ११९ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ६३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांकमा उल्लेख छ ।
वक्ताहरूले मानसिक तनाव, डिप्रेसन, पारिवारिक विग्रह, आर्थिक समस्या, लागूऔषध दुव्र्यसन आत्महत्याका प्रमुख कारणका रूपमा देखिएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले यस्ता समस्याको पहिचान, समयमै परामर्श तथा सकारात्मक सामाजिक वातावरण निर्माण गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो । कार्यक्रममा बोल्दै वरिष्ट स्वास्थ्य शिक्षा प्रशासक डाक्टर केसीले सञ्चारकर्मीहरूले आत्महत्या सम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा सनसनीपूर्ण शैलीभन्दा सचेतनामूलक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको थियो । गलत र असंवेदनशील समाचार सम्प्रेषणले नकारात्मक प्रभाव पार्न सक्ने भएकाले पत्रकारहरूले अन्तर्राष्ट्रिय मापदण्ड र आचारसंहितालाई ख्याल गरेर सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । अध्यक्ष रागिश्री कक्षपति श्रेष्ठले मानसिक स्वास्थ्यका सवालमा समाज र देशमा नै खुला बहस गर्नुपर्ने औल्याउनु भएको थियो ।
