IMG-LOGO

महाभारत गाउँपालिका सुन्य र मण्डनदेउपुर नगरपालिका ०.५ प्रतिशत बेरुजु

 मंगल, जेठ १२, २०८३  -

    महाभारत गाउँपालिका लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदन सार्वजनिक गरे अनुसार आर्थिक वर्ष २०८१÷८२ मा पनि महाभारत गाउँपालिकामा शुन्य बेरुजु रहेको छ । त्यसअघिका दुई आर्थिक वर्षमा पनि महाभारत गाउँपालिकामा बेरुजु शून्य रहेको थियो । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा महभारत गाउँपालिकामा १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरिक्षण गरिएको थियो । त्यसमा एक रुपैयाँ पनि बेरुजु नदेखिएको हो । मण्डनदेउपुर नगरपालिकामा एक अर्ब ९७ करोड २० लाख ३७ हजार रुपैयाँको लेखापरिक्षण भएकोमा शुन्य दशमलव शून्य पाँच प्रतिशत अर्थात् १० लाख ४९ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।
    पाँचखाल नगरपालिकामा शून्य दशमलव १ प्रतिशत बेरुजु देखिएको छ । पाँचखालमा एक अर्ब ८६ करोड ७६ लाख २३ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १८ लाख ३२ हजार मात्रै बेरुजु देखिएको छ । १३ पालिकामध्ये ११ पालिकाको एक प्रतिशत भन्दा कम बेरुजु देखिएको छ । जसअनुसार बनेपा नगरपालिकामा एक अर्ब ५९ करोड ८५ लाख ९२ हजार रुपैयाँको लखापरीक्षण हुँदा एक करोड १२ लाख ७७ हजार रुपैयाँ अर्थात् शून्य दशमलव ७१ प्रतिशत रकम बेरुजु देखिएको छ । यसैगरी धुलिखेल नगरपालिकामा २ अर्ब एक करोड ७५ लाख ८६ हजारको लेखा परीक्षण हुँदा शून्य दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । यो पालिकामा बेरुजु रकम १करोड ३७ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
    यस्तै भुम्लु गाउँपालिकामा पनि शून्य दशमलव ६८ प्रतिशत रकम बेरुजु देखिएको छ । भुम्लुमा एक अर्ब ४१ करोड ९३ लाख १९ हजारको लेखापरिक्षण हुँदा ९४ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ । रोशी गाउँपालिकामा एक अर्ब ७६ करोड ५७ लाख ७९ हजार रुपैयाँको लेखापरिक्षण हुँदा शून्य दशमलव ६२ प्रतिशत अर्थात् एक करोड १० लाख १२ हजार रुपैयाँ बेरुजु देखिएको छ । यसैगरी खानीखोला गाउँपालिकामा ८६ करोड ९५ लाख ५१ हजारको लेखापरिक्षण हुँदा शून्य दशमलव ५८ प्रतिशत अर्थात ५० लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ । बेथानचोक गाउँपालिकामा शुन्य दशमलव ५५ प्रतिशत बेरुजु देखिएको छ । यहाँ एक अर्ब ४७ करोड ८८ लाख ४८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ८१ लाख ३९ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
    तेमाल गाउँपालिकामा १ अर्ब ३२ करोड ४३ लाख २८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शुन्य दशमलव ५ प्रतिशत अर्थात ६५ लाख ९३ हजार बेरुजु देखिएको छ । चौरी देउराली गाउँपालिकामा एक अर्ब ४३ करोड ७५ लाख ७ हजार रुपैयाँको लेखापरीक्षण हुँदा शून्य दशमलव १८ प्रतिशत अर्थात् २५ लाख ५८ हजार बेरुजु देखिएको छ । जिल्लामा सबैभन्दा बढी बेरुजु पनौती नगरपालिकामा देखिएको छ । पनौती नगरपालिकामा दुई अर्ब ५३ करोड ७९ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण भएकोमा ३ दशमलव शून्य ४ प्रतिशत अर्थात् ७ करोड ७० लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । पनौती पछि बढी बेरुजु नमोबुद्ध नगरपालिकामा देखिएको छ । नमोबुद्ध नगरपालिकामा एक अर्ब ८४ करोड ३६ लाख ४१ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १.३८ प्रतिशत अर्थात् दुई करोड ५४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्