IMG-LOGO

पूर्णसञ्जीवनी लङ्खनामाई विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न

 मंगल, बैशाख २९, २०८३  -

    काभ्रे जिल्लाको जिल्ला सदरमुकाम धुलिखेलमा छुट्टै शैक्षिक ऐतिहासिक महत्व बोकेको २०१७ सालमा स्थापना भएको पूर्णसञ्जीवनी लङ्खनामाई माध्यामिक विद्यालयको ६६ औं वार्षिकोत्सव समारोह शुक्रबार सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण चोच्छे श्रेष्ठको सभापतित्वमा तथा धुलिखेल नगरपालिका कार्यवहाक नगरप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक विजेश मुल्मीले स्वागत मन्तव्य दिनुभयो । प्रधानाध्यापक गायत्री तिमल्सिनाले शैक्षिक सतरीयता र भावि शैक्षिक सुधार योजना प्रस्तुत गर्नुभयो । समारोहमा प्रमुख अतिथि धुलिखेल नगरपालिका कार्यवहाक नगर प्रमुख जंगमले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासमा आवश्यक शैक्षिक क्रियाकलापका लागि नगरपालिकाले बजेट उपलब्ध गराउँदै आएको बताउनुभयो । विद्यार्थीहरुको शैक्षिक सर्वाङ्गीण विकास, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक वर्ग, अभिभावकको सकारात्मक चिन्तन र समन्वय सहकार्यबाट एकताबद्ध भइ देशको लागि सक्षम योग्य नागरिक उत्पादन गर्न सक्नुपर्ने धारणा प्रमुख अतिथि जंगमले राख्नुभयो । शिक्षा विकास इकाई काभ्रे प्रमुख सविता ढङ्गाल, धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष कृष्णभुषण खोजु, धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख डिकबहादुर राई, शैक्षिक शसक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्का पत्रकार महासंघ काभ्रेका पूर्ण अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक तथा काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थी निरुता तामाङ र मञ्जु धर्तिमगरले विद्यालयको भौतिक पूर्वाधार, खेलकुद मैदान प्र¥याप्त नहुँदा शिक्षण सिकाइमा केहि कठीनाइ भएको बताउनुभयो । उक्त समारोहमा विद्यालयमा योगदान पु¥याउने शिक्षा सेवी, समाज सेवीहरुलाई सम्मान गरेको थियो । प्रथम, दुतीय र तृतीय हुने छात्र छात्रालाई पुरस्कृत गरिएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्