IMG-LOGO

न्युटन आचार्यद्वारा लिखित पर्वतनन्दिनी उपन्यास बिमोचन

 मंगल, बैशाख २९, २०८३  हरिनाथ न्यौपाने

    न्युटन आचार्यद्वारा लिखित ‘पर्वतनन्दिनी’ उपन्यास शनिबार बिमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले उपन्यास सार्वजनिक गर्दै आचार्यको पहिलो कृतिनै प्रशंसायोग्य रहेको बताउनुभयो । ‘पर्वतनन्दिनी’ उपन्यासमा निराशाभन्दा आशा भरिएको भन्दै डा लम्सालले हरेक युवाले आवेगलाई सामाजिक सञ्जालमा नपोखी पानीको बाँध बाँधेर विद्युत् निकाले जस्तै सृजनामा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । बिशिस्ट अतिथि नेपाली लेखक सङ्घका कोषाध्यक्ष विसुकुमार केसीले कृतिमा युवाको मनको भावना समेटिएको भन्दै प्रशंसा गर्नुभयो । लेखक आचार्यले १९ वर्षको उमेरदेखि कृति लेख्न थालेको स्मरण गर्दै समाजमा भएका समस्या कोट्याएर उपन्यासमा राखेको जानकारी दिनुभयो । आफू सानो छँदा हजुरबुबाले सुनाएको रामायणको श्लोक र गाउँघरमा घटेको घटनालाई लिएर लेखेको कविता सुनेर आफू साहित्य लेखनमा आकर्षित भएको उल्लेख गर्नुभयो । बिमोचन कार्यक्रममा भू–गर्भशास्त्री कल्याणराज भट्टराई, रेडक्रसकर्मी धर्मदत्त विडारी, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य सुदर्शन आचार्य,लेखकका पिता निइन्द्रप्रसाद आचार्य, माता जानुका आचार्य लगायत परिवारजन एवं शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्