खानीखोला गाउँपालिका ७ निवासी ४३ बर्षिय सेते रुम्बालाई बागमती खोलाले बगाएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले जानकारी दिनुभयो । दिउसो ३ बजे खानीखोला ७ घुम्तीबाट मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ५ फार्सा जाने क्रममा उनलाई बगाएको स्थानीयले बताएका छन् । प्रहरी चौकी ताल्ढुंगा, स्थानीयहरुले बागमती खोलामा खोजविन गरेका थिए । साँझ उनको शब सिक्रेदोभानको पुल नजिक फेला परेको प्रहरीले जनाएको छ ।
