IMG-LOGO

नेपाल लाइफ बनेपाको बीमा जागरण तथा पिकनिक

 मंगल, बैशाख २२, २०८३  -

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले २५ औं स्थापना दिवसको अवसरमा बीमा जागरण अभियान, रक्तदान कार्यक्रम तथा पिकनिक कार्यक्रम गर्दै मनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनेपा शाखाले शनिबार बीमा अभिकर्ताहरुलाई बीमा जागरण, सचेतना तालिम गर्दै शनिबार कुशादेवी हिमालयन होटलमा पिकनिक कार्यक्रम सहित सम्पन्न गरेको छ । जीवन अमुल्य छ आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य गर्नुपर्छ भन्ने उद्देश्यका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनेपा शाखामा हाल सम्म २५ हजार जनाले बीमा गरेको कुरा शाखा प्रमुख राजेश लुइटेलले बताउनुभयो । देशै भरी १ सय ९८ बीमा शाखा रहेको उक्त कम्पनीमा ४५ लाख भन्दा बेसी नागरिकहरुले जीवन बीमा गरिसकेका छन् । सर्वाधिक विस्वासीलो जीवन बीमाको रुपमा परीचित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साढे ९ अर्ब शेयर चुक्ता पूँजी रहेको छ । सावधिक, सुनौलो भविष्य, जीवन सहारा, सावधिक केटाकेटी जीवन बीमा योजना जन्मदेखि ७० वर्ष उमेर समुह सम्मकाले जीवन बीमा गर्न सक्ने छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बनेपा शाखाले शनिबार बिमा अभिकर्ता भेला, जागरण सचेतना तालिम कार्यक्रम शिक्षा सेवी यादव थापाको प्रमुख आतिथ्यता र सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक एवं रेडियो एविसीका अध्यक्ष रमेशप्रसाद न्यौपानेको विसिस्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पेशागत बीमा अभिकर्ता विमक समिति काभ्रेका अध्यक्ष टिका नारायण श्रेष्ठ तथा अभिकर्ताहरुको कार्यक्रममा सहभागीता रहेको थियो । हिजो नेपाल लाइफ बनेपा शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
स्थापना दिवसमा रक्तदान
    नेपला लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं स्थापना दिवसको अवसरमा बनेपा शाखामा ३२ जनाले रक्तदान गरेको कुरा शाखा प्रमुख राजेश लुइटेलले जानकारी दिनुभयो । उक्त वृहत खुल्ला रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्रबन्धक सहयोगमा सम्पन्न भएको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्