नमोबुद्ध नगरपालिका वडा नं. ३ मेथिनकोट बेंशिमा अवस्थित भैरवकुण्ड मंन्दिरको पूगंणमा ६४ शिवलिंगको प्राण प्रतिष्ठापन एवं शंखध्वनि प्रतियोगिता विश्व हिन्दु माहासंघ नेपाल राष्ट्रिय समिति वागमति प्रदेश कार्यसमितिका सहकोषाध्यक्ष तथा भैरवकुण्ड व्यवस्थापन एवं संरक्षण समितिका अध्यक्ष केदार प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भयो । नमोबुद्ध न.पा.का नगरप्रमुख कुन्सांन लामाको प्रमुख आतिथ्यता र विशिष्ट अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रविण घिमिरेको आथिथ्यता रहेको थियो । नमोबुद्ध न. पा. ३ र १० का वडाध्सक्ष क्रमस रमेश तिवारी र रामकृष्ण अधिकारी र विश्व हिन्दु माहासंघ वागमती प्रदेश कार्यसमितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको विशिष्ट समेतको आतिथ्यता रहेको थियो । नैमिषारण्य गूरूकुलका प्राचार्य दिव्य मणि अधिकारी, जय वागमति टि. भि. का संचालक धार्मिक गूरू दिनेश कट्टेल, केन्द्रीय सदस्य रामहरि सिग्देल, पं. ज्योतिष अच्यूत प्रसाद पौडेल चिन्तन, पं. परूषोतम हुमागाई, जिल्ला अध्यक्ष केशव प्र. वडाल, पूर्व अध्यक्ष प्रविण धिताल, जगवैदेश्वरका अध्यक्ष मित्र खनाल, समाजसेवि धार्मिक व्यक्तित्व केदार प्रसाद आचार्यज्यू र धार्मिक तथा सामाजिक व्यक्तित्व रामेश्वर अधिकारीको आतिथ्यतामा एवं पंण्डितगूरूहरू, धार्मिक अभियान्ताहरू, मातृशक्तिहरू र वैदिक सनातन धर्ममा आस्थावान स्थानीयहरूको सहभागीता रहेको थियो । कार्यक्रम संचालन अर्जुन प्रसाद सापकोटाले गर्नु भएको थियो । शंखध्वनि प्रतियोगितामा ११ जना प्रतियोगि सहभागिहरू थिए । जसमध्ये नमोबुद्ध–८, का रामचन्द्र अधिकारी प्रथम, नैमिषारण्य गूरूकुलका जागृत पराजुलि द्वितिय र नमोबुद्ध–२, का सुनिल अधिकारी तृतिय भइ क्रमस रू. २०००/–, रू.१५००/– र रू. १०००/– नगद पुरस्कार सहित दोसल्लाले सम्मान गरिएको थियो । वैदिक शास्त्रिय मान्यता अनुसार शंखध्वनिको आवाजवाट वरिपरिका रोगका किटाणुहरू नस्ट भइ रोग व्याध हट्ने मान्यता छ ।
