IMG-LOGO

ज्ञानकुञ्ज रोड रेस प्रतियोगीता बैशाख २६ मा हुने

 मंगल, बैशाख २२, २०८३  -

    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले वैशाख २६ गते “छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन प्रतिष्ठानले गत मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक प्रताप वैद्यले रोड रेसको उद्देश्यका बारेमा जानकारी दिनुभयो । विद्यालयले ०७६ सालदेखि हरेक वर्ष निरन्तरता गर्दै आएको कार्यक्रममा विद्यार्थी मात्र नभई अभिभावक र स्थानीय समुदायमा समेत खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ । रोड रेसमा विभिन्न उमेर समूहका विद्यार्थीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगिता मार्फत विद्यार्थीमा शारीरिक सक्रियता सँगै आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने अपेक्षा राखिएको छ । “छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३” मा एसईई परीक्षा २०८२ मा सहभागी विद्यार्थीले मात्र भाग लिन पाउनेछन् । छात्रा दौड ३.६ किलोमिटर र छात्र दौड भने ७ किलोमिटरको हुने आयोजकले जनाएको छ । दुवै विधामा प्रतिस्पर्धि मध्ये पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । छात्रहरुको दौड पनौतीदेखि विद्यालयसम्म र छात्रा दौड तीनदोबाटो, चारदोबाटो, चण्डेश्वरी हुँदै विद्यालयसम्म रहने बताईएको छ ।    ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले वैशाख २६ गते “छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताबारे जानकारी दिन प्रतिष्ठानले गत मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक प्रताप वैद्यले रोड रेसको उद्देश्यका बारेमा जानकारी दिनुभयो । विद्यालयले ०७६ सालदेखि हरेक वर्ष निरन्तरता गर्दै आएको कार्यक्रममा विद्यार्थी मात्र नभई अभिभावक र स्थानीय समुदायमा समेत खेलकुदप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ । रोड रेसमा विभिन्न उमेर समूहका विद्यार्थीहरूको सहभागिता रहनेछ । उक्त प्रतियोगिता मार्फत विद्यार्थीमा शारीरिक सक्रियता सँगै आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने अपेक्षा राखिएको छ । “छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३” मा एसईई परीक्षा २०८२ मा सहभागी विद्यार्थीले मात्र भाग लिन पाउनेछन् । छात्रा दौड ३.६ किलोमिटर र छात्र दौड भने ७ किलोमिटरको हुने आयोजकले जनाएको छ । दुवै विधामा प्रतिस्पर्धि मध्ये पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । छात्रहरुको दौड पनौतीदेखि विद्यालयसम्म र छात्रा दौड तीनदोबाटो, चारदोबाटो, चण्डेश्वरी हुँदै विद्यालयसम्म रहने बताईएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्