IMG-LOGO

चेतना नेपालको ९ औं साधारण सभा सम्पन्न

 मंगल, बैशाख २२, २०८३  रामेश्वर आचार्य

चेतना नेपाल बनेपा –७ काभ्रेको ९ औ साधारण सभा संस्थाको अध्यक्ष रमेशप्रसाद न्यौपानेको सभापतित्व तथा रेडियो एबिसी ८९.८ मेगाहर्जको संचालक मधु आचार्यको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । महासचिव हरिनाथ न्यौपाने प्रगति प्रतिबेदन तथा भाबी कार्ययोजना, कोषाध्यक्ष रमिता मानन्धरले आव ०८१÷०८२ को लेखापरीक्षण  प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमकको प्रमुख अतिथी आचार्यले सामुदायिक रेडियोले समाज रुपान्तरण, बेथिति बिसङ्गति विरुद्ध आवाज उठाइ रहेको बताउँदै चुनौतीलाई सामना गरि नयाँ प्रबिधिको प्रयोग गरि सूचनाको पहुँच वृद्धिमा लाग्नुपर्ने बताउनु भयो । प्रमुख अतिथि आचार्यले सामुदायिक रेडियोहरुले समाजका भुइमान्छेका समस्या, ग्रामीण दुरदराजका किसानहरुको पिरमर्कालाई उजगार गरी राज्यका निकायलाई झकझकाउनु पर्ने बताउनुभयो । रेडियो एबिसीका संचालक भोला थापाले नयाँ प्राविधिको बिकासलाई आत्मसात गरि संचार मध्यमलाई उचाइमा पु¥याउन सबैखालका चुनौती सामना गर्ने सामथ्र्यको बिकास गर्न हामी लाग्नुपर्ने बताउनुभयो । कोषाध्यक्ष रमिता मानन्धरले ८ लाख १६ हजार ४ बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष रमेशप्रसाद न्यौपानेले संस्थाका सदस्यहरुलाई स्वागत गर्दै सामाजिक संस्थाहरुले समाजमा चेतनामुलक जागरण, सचेतना विकास गर्न सरकारी निकाय जिल्ला प्रशासन कार्यालयमा संघ संस्था ऐन २०३४ अनुसार दर्ता भएपनि उद्देश्य अनुरुप कार्य निकै कम भएको बताउनुभयो । सामाजिक कुरीती हटाउने अभियान, प्राकृतिक प्रकोपबाट बच्न बचाउन, मुलुकमा बढ्दै गएको भ्रष्टाचार रोक्न असल शासन कायम गर्न, राज्यका किायहरुलाई सहयोग पु¥याउने कार्य कति गर्न सक्यो समिक्षा गर्नेवेला आएको बताउनुभयो । रेडियो एविसी ८९.९ मेगाहर्जको मातृसंस्थाको रुपमा २०६० साल असोज २२ गते जिल्ला प्रशासन कार्यालय धुलिखेल काभ्रेमा संस्थापक अध्यक्ष राजन लुइटेल (श्रमजीवी)को नेतृत्वमा गठन भएको संस्था २३ वर्ष प्रवेश गरेको कुरा संस्थाका अध्यक्ष न्यौपानेले उल्येख गर्नुभयो । चेतना नेपाल संस्थाले आमसंचारका विभिन्न माध्यमहरुको प्रयोग गरी सामाजिक अभियान, जागरण, सामाजिक चेतनाको विकास ग्रामीण विकासको क्षेत्रमा विविध कार्य भित्र महिला विरुद्ध हुने हिंसाको अन्त्य, वातावरण प्रदुषण रोक्ने, वातावरण संरक्षण, नागरिकहरुको हक अधिकार संरक्षणमा के कति गर्न सकियो सोको दरविलो समिक्षा गरी हामी अग्रगतिमा लाग्न एकतावद्ध हुनुपर्ने जनाउनुभयो । जिल्लामा हालसम्म २,४१२ संस्था दर्ता भएकोमा बैशाख १५ गते सम्म २१८ नविकरण भएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्