विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आइतबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । बनेपाको चारदोबाटोबाट शुरु भइ बनेपाको पुरानो बजार हुँदै परिवार नियोजन चोकमा पुगेर प्रभातफेरी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै शाखा अध्यक्ष बिनोदकुमार न्यौपानेले पछिल्लो समय नेपालमा प्रेस स्वतन्त्रतामाथि विभिन्न बाहानामा अंकुश लगाउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रेस बिना लोकतन्त्रको अस्तित्व नै कमजोर हुने भएकाले यसप्रति सबै पक्ष गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
