IMG-LOGO

बेथानचोक गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने

 मंगल, बैशाख ८, २०८३  --

      संघीय सरकारले विद्यालयहरुमा पनि आईतबार विदा दिने निर्णयको बेथान्चोक गाउँपालिकाले अवज्ञा गरेको छ । स्तरीय शिक्षा प्रदान गर्ने पनि कक्षा संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा आयोजित उद्देश्य सहित आइतबार शैक्षिक गुणस्तर सम्वन्धी अर्न्तक्रिया कार्यक्रममा उक्त निर्णय सार्वजनिक गर्नुभएको हो ।

      अबदेखि स्थानिय तहभित्रका विद्यालयहरूमा आइतबार पनि नियमित कक्षा सञ्चालन हुने भएको छ । आइतबार सबै विद्यालयहरुमा शिक्षण सिकाइका लागि प्रयोग गरिनेछ । स्थानीय तहभित्रका सबै विद्यालय वैशाख १३ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने निर्णय गरिएको छ ।

      कार्यक्रममा शिक्षाविद्हरु प्रा.डा.विद्यानाथ कोईराला, डा.हरि लम्साल, डा.बलराम तिमल्सिना, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु लगायत सरोकारवाला निकायका प्रतिनधिहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्