२०७८ साउन १० । गत शनिबार रोटरी क्लब अफ पनौतीको छैंठौं पदस्थापना समारोह पनौतीमा सम्पन्न भयो । निवर्तमान रोटरी डिष्ट्रिक्टर गभर्नर राजीव पोखरेलको प्रमुख आतिथ्यता र पनौती नगरपालिकाका मेयर भीम न्यौपानेको विशेष आतथ्यितामा कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथिले रोटरी क्बल अफ पनौतीका नयाँ अध्यक्ष (२०२१-२२) सितु सैंजुलाई रोटरीको बिधानअनुसार शपथ खुवाउनु भयो । यसैगरी सैंजुले आफ्नो समितिका पदाधिकारीहरुलाई शपथ खुवाउनु भयो । कार्यक्रममा नयाँ अध्यक्ष सैंजुले वर्ष २०२१-२२ का लागि आफ्नो दृष्टिकोणको बारेमा जानकारी दिनुहुँदै समुदायको लागि काम गर्ने प्रयासमा सहयोग गर्न र सामेल हुन क्लबका सबै सदस्यहरूलाई अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि राजीव पोखरेल, डिष्ट्रिक्ट सेक्रेटरी रोटरियन प्रभात योन्जन, असिस्टेन्ट गभर्नर रोटरियन शशी सत्याल, पनौतीका मेयर एवं क्लबका मानार्थ सदस्य भीम न्यौपानले आफ्नो भनाई राख्नु भएको थियो । डा. प्रकाश कुइँकेलले कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रममा क्लबका वर्ष २०२२-२३ का अध्यक्ष मधुसुधन गुरागाईंले स्वागत तथा चार्टर अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकारले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
रोटरी पनौतीको मकरमेलाको तयारी
आगामी माघ महिनाभर उत्तर प्रयागसमेत मानिँदै आएको पनौतीको त्रिवेणी घाट परिसरमा १२ वर्षे मकर मेला लाग्दैछ । मकरमेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि पनौती नगरपालिकाले पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकता दिइरहेको कुरा अध्यक्ष सितु शैजुले जानकारी दिनुभयो । क्लबको निणर्यअनुसार प्रवद्धर्नात्मक अभियानका लागि तयार पारिएको लोगोयुक्त मगलाई रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेल र पनौतीका नगर प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो । क्लबले मकर मेला २०७८ लाई प्रवद्र्धन र कोभिड-१९ को अवस्थामा सहज आएको अवस्थामा मुलुकभर र भारतीय क्लबका रोटरियनहरुलाई पनौती भ्रमणका लागि विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरु समेत तयार गर्ने लक्ष राखेको क्लब सेक्रेटरी विष्णुमणि अधिकारीले जानकारी दिनु भयो ।
