IMG-LOGO

क्यास नेप जिल्ला समिति गठन

 मंगल, सावन १२, २०७८  ----

 

       युवा तथा बाल बालिका प्रतिभालाई पुरस्कार, युवा वर्गलाई उद्यमी व्यवसायी र सामाजिक कार्यमा उत्प्रेरित गरी अगाडि बढाउने उद्देश्यका साथ क्यास नेप प्लेत फर्म जिल्ला समिति काभ्रे गठन भएको छ । संयोजक पवन गौतम ,सह-संयोजक सुष्मा तिमल्सिना ,शिक्षा विभाग प्रमूख सरिता सापकोटा, सूचना तथा सञ्चार विभाग प्रमूख कुसुम ढकाल , प्रतिभा व्यवस्थापक विमेश सापकोटा , बजार व्यवस्थापन विभाग प्रमुख स्मृति न्यौपाने, युवा तथा खेलकुद विभाग प्रमुख राजेन्द्र दाहाल विज्ञान तथा प्र्रविधि विभाग प्रमुख कल्याणी कोईराला,सदस्य प्रसिल बञ्जारा र सरस्वती गौतम रहनु भएको छ । हरेक महिनामा एक प्रतिभालाई ५० हजार पुरस्कार सहित प्रमाण पत्र, हरेक वर्ष सर्वोत्कृष्ट प्रतिभालाई १० लाख पुरस्कार सहित प्रमाण पत्र प्रदान गर्ने छ । हाल केन्द्रीय विज्ञ समितिमा अर्थ विद प्रा.डा.उत्तम खनालको संयोजकत्वमा केन्द्रीय समिति गठन भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्