भूमि सम्बन्धी समस्या समाधान आयोगले देशभरीका भूमिहिन सुकुम्बासी , दलित सबैलाई जग्गाको मालिक बनाउने भएको छ । आईतबार भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले बनेपा नगरपालिकाका जनप्रतिनिधिहरु र वडाका सचिवहरुलाई प्रशिक्षण दिएको छ । हाल सम्मका काभ्रेका १० पालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको कुरा जिल्ला समिति काभ्रेका विज्ञ सदस्य जेन लामाले जानकारी दिनु भयो ।
भूमि सम्बन्धी ऐन २०२१ को ८ औं संसोधन २०७६ र १८ औं संसोधन २०७७ अनुसार लगत संकलन गरी भूमिहिन दलित , सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचाहन प्रमापीकरणको आधारमा र मापदण्ड अनुसार देशभरका हरेक पालिकाले हरेक वडा अध्यक्षको सिफारिसमा भूमिहिन सुकुम्बासी र दलितलाई भूमिको मालिक बनाईने छ । २०७७ बैशाख ४ गतेबाट कार्य प्रारम्भ भएकोमा जिल्ला समिति काभ्रे २०७७ माघ १५ गते गठन भएको हो । काभ्रे जिल्ला भूमिहिन समस्या समाधान आयोगले लगत संकलनको लागि ३५ दिने सूचना जारी गरी सकेको छ । परा पूर्वक कालदेखि आफ्नो जग्गा जमिन नभएको अरुको जग्गामा बसोबास गर्ने ऐलेनी जग्गामा बसोबास गर्ने देशभरीका २२ लाख जनसंख्यालाई मालिक बनाउन सरकार लागि परेको आयोगका जिल्ला अध्यक्ष रामकृष्ण हुमागाईंले बताउनु भयो ।
महा-नगरपालिका , उप-महानगरपालिका , नगरपालिका , सहरी क्षेत्र भित्रका सुकुम्बासी ,भूमिहिनलाई ४ आना , तराई क्षेत्रका लागि ३ रोपनी १४ आना , पहाडी क्षेत्रका लागि कृषि तथा ,पशुपालन व्यवसाय समेत सञ्चालन गरी ५ रोपनी १४ आना जीवन निर्वाहको लागि सुरक्षित क्षेत्रमा जग्गा उपलब्ध गराउने कुरा विज्ञ सदस्य जेनिस लामााले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमूख लक्ष्मी नरसिंह बादे, उप-प्रमूख रेखा सापकोटा दाहाल , प्रमूख प्रशासकीय अधिकृत कविराज उप्रेती, बनेपा नगर पालिकाका १४ वटा वडाका जनप्रतिनिधि र वडा सचिवहरुको सहभागिता रहेको यस कार्यक्रममा स्वागत मन्तव्य बनेपा नगरपालिकाका बरिष्ठ राजश्व अधिकृत ध्रवराज नेपालले गर्नु भएको थियो ।
