IMG-LOGO

जसपाको मान्यता उपेन्द्र यादव पक्षलाई

 मंगल, सावन १२, २०७८  ---

 

       निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको खेमालाई दिने निणर्य गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संचारकर्मीलाई बताए । प्रवक्ता श्रेष्ठका अनुसार उपेन्द्र यादव पक्षमा बहुमत सदस्यहरू देखिएकाले उक्त समूहलाई दलको मान्यता दिइएको हो ।

       ३४ सदस्यहरूले यादव पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा आयोगमा उपस्थित भएर हस्ताक्षर गरेको र एकजना रेशम चौधरी कुनै पनि पक्षमा नउभिए पछि जसपाको मान्यता उपेन्द्र यादव पक्षले पाएको हो ।  निर्वाचन आयोगको यो निणर्य बिरुद्ध ठाकुर पक्ष फेरि अदालत जाने भएको छ । अस्ति आइतवार सर्वोच्चले एक आदेश मार्फत्’ साउन १५ मा दुवै पक्षका कुरा सुनेर मात्र अन्तरिम आदेश गर्ने/नगर्ने निणर्य गर्ने’ जनाएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्