IMG-LOGO

काभ्रेमा कोरोनाबाट १ को मृत्यु

 सोम, सावन ४, २०७८  ---

    पछिल्लो २४ घण्टामा काभ्रेमा ५४ जना संक्रमित भएका छन् । ५५ जना कोरोना मुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । कोरोना परिक्षणमा बनेपामा १०, धुलिखेलमा २, भुम्लुमा १, पनौतीमा १०, पाँचखालमा २७, बेथानचोक गा.पा.मा ४ जना गरी ५४ जना संक्रमित भएका हुन् ।  यसै बिच काभ्रेमा सोमबार देखि ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाइएको छ । ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई दिईने स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । ‘जोन्सन एण्ड जोन्सन’ खोप एक मात्रा (डोज) लगाए पुग्छ । हिजोदेखि काभ्रेका १३ वटै स्थानीय तहमा यो खोप लगाईदै छ ।
    हिजो देशव्यपी थप २ हजार ४४५ जनामा कोरोना संक्रमण भएका छन् । २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ भने सो अवधिमा संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्