IMG-LOGO

भलिवल प्रतियोगीतामा न्यू गौखुरेश्वर क्लब प्रथम

 मंगल, पौष २२, २०८२  --

       न्यू गौखुरेश्वर युवा क्लबको आयोजनामा भएको भलिबल प्रतियोगीतामा तेस्रो स्थानको लगी भएको खेलमा लड्केश्वोर युवा कल्बले ज्वाला भोमी स्पोट्र्सकल्बलाई २५–२२, २५–१७ , २१–२५ र २५–१४ स्पोट्र्स कल्बलाई ३ –१ को को सेटमा पराजित गरी तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

       आज भएको फाइनल खेलमा न्यू गौखुरेश्वर युवा क्लबले सारदा देवी युवा क्लबलाई २६–२८, २५–१८, २५–१७ र २५–१३  ३–१ को सेटमा पराजित गरि प्रथम स्थान हासिल गर्न सफल भएको छ । क्लब अध्यक्ष सुशिल मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धुलिखेल नगरपालिकाका उप–प्रमुख निराजन जंगम, विसिष्ट अतिथि एग्रोथाइ एरिया सेल्स प्रबन्धक सन्दिप अधिकारी हुनुहुन्थ्यो । त्यस्तैगरी उत्कृष्ट सेटर सारदा देवी युवा कल्बका भैरब केसी, उत्कृष्ट स्पाईकर सारदा देवी युवा क्लबका हरिनारायण श्रेष्ठ, उत्कृष्ट ब्लकर न्यू गौखुरेश्वर युवा क्लबका रोहन तुसुजु, उत्कृष्ट डिफेन्स न्यू गौखुरेश्वर युवा क्लबका रोहित तुसुजु र उत्कृष्ट खेलाडी न्यू गौखुरेश्वर युवा क्लबका ओमकार जंगम उत्कृष्ट भएको कुरा क्लबका कोषाध्यक्ष कृष्णराम दवेजुले जानकारी दिनुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्