IMG-LOGO

अटो नेपाललाई रोड सेफ्टी अवार्ड

 सोम, सावन ४, २०७८  ---


    मोटर स्पोर्टस खेलकुदका माध्यमबाट विगत १५ वर्ष देखि नेपाललाई प्रवर्द्धन गर्दै आएका दुई संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसनले संयूक्त रुपमा रोड सेफ्टी मिडिया अवार्ड शनिबार प्रदान गरेको छ । नासा नेपाल र नासा फाउण्डेसनले हरेक दुई वर्षमा प्रदान गर्ने अर्वाड यो वर्ष अटो नेपाल म्याग्जिनलाई प्रदान गरिएको हो । नेपालको मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील रही कलम चलाएको उक्त म्याग्जिनलाई अवार्ड प्रदान गरिएको ति संस्थाले जनाएका छन । अटो नेपालका रोशन कुमार श्रेष्ठ र भुषन कुमार श्रेष्ठलाई अवार्डको साथमा प्रसंंशा-पत्र तथा नगद रु ११ हजार १ सय ११ सहित सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका सभापति डा. नेत्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नासा नेपालका अध्यक्ष दशरथ रिसाल, नासा फाउण्डेसन नेपालकी संयोजक भगबती सेढाई, नेसनल एलाइन्स फर सेफ एण्ड सष्टेनेबल मोबिलीटीका संयोजक गोबिन्द भट्टराईको उपस्थितीमा अर्वाड प्रदान गरिएको छ ।
    छैटौ ‘यून ग्लोबल रोड सेफ्टी विक’को सन्दर्भमा नासा नेपाल, नेसनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी तथा नासा फाउन्डेसन लगायतका संघ संस्थाले संचालन गरेको साप्ताहिक अभियान अन्तर्गत सो अवार्ड वितरण गरिएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्