कृषि उत्पादनमा आत्म निर्भर बनाई विकास र समृद्धिसँग एकाकार हुन नगर भित्रका किसानलाई कृषि औजार हाते ट्याक्टर र बोयर जातको बोका वितरण गरेको छ । नगर पालिकाका १२ वटै वडामा वडा अध्यक्षको सिफारिसमा प्रति वडामा १० वटा दरले नघट्ने गरी निश्चित मापदण्ड बनाई १ सय ५५ थान मिनिटेलर हाते ट्याक्टर र १२ वटा वडामा १/१ वटा बोयर जातको बोका वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनु भयो । नगर प्रमुअ टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा मण्डन देउपुर नगर पालिका कृषि विकास प्रमुख गोपाल प्रसाद सापकोता , पशु पछिं विकास शाखा प्रमुख ध्रव पराजुली र स्थानीय किसानहरुको उपस्थिति रहेको थियो । नगर पालिकाले प्रति ट्याक्टर रु ३४ हजार ५ सय १५मा १ सय ५५ वटाको ५३ लाख ४९ हजार ७ सयमा खरिद गरी वितरण गरिएको थियो ।
