बुधबार पनौती / काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ सांसद एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रि शासन नगरपालिका घोषना गर्नु भएको छ । बाल मैत्री स्थानीय शासन कार्यन्वयन कार्य विधि कार्य विधि २०६८ अनुशार १२ वडामा ४९ सूचक पुरा गरी बाल मैत्री नगर घोषणा गरिएको हो । बाल मैत्री स्थानीय शासन लागु गरेका १२ वडालाई जनही ५ लाखका दरले प्रमुख अतिथि पुरस्कृत गर्नु भयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी , बागमती प्रदेश सभा सदस्य चन्द्र लामा , एमाले पनौती नगर सदस्य समिति संयोजक सुरेश प्रसाद हुमागाई , नेपाली कांग्रेस पनौती नगर समिति सभापति राम शरण भण्डारी , जिल्ला बाल संगठनको अध्यक्ष विदुर प्रसाद हुमागाई लगायतले शुभ-कामना मन्तव्य राख्नु भएको थियो । नगर प्रमुख भिम न्यौपानेले धार्मिक, सांस्कृतिक र एतिहासिक महत्व बोकेको पनौती नगर पालिकाको समग्र विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउनु भयो । शिक्षा स्वास्थ्यका पहँुच सबैमा विस्तार गर्न लागि परेको नगर प्रमूख न्यौपानेले बतानु भयो ।
