IMG-LOGO

सामाजिक अभियान्ता बेलप्रसादको पुस्तक सार्वजनिक

 सोम, सावन ४, २०७८  ---

    सामाजिक अभियान्ता धुलिखेल नगरपालिका पूर्व नगर प्रमुख बेलप्रसाद श्रेष्ठको पुस्तक सार्वजनिक भएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा पुस्तक सार्वजनिक गरिएको हो । सम्मुनत धुलिखेलका लागि समग्र पूर्वाधार विकास गराउने स्वप्नद्रष्टा तथा कार्यान्वयनका लागि जनपरिचालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने सुपरीचित व्यक्तित्व बेलप्रसाद श्रेष्ठको विषयमा तयार पारिएको पुस्तक सार्वजनिक समारोह कार्यक्रमको प्रमुख अतिथि काठमाण्डौं विश्व विद्यालयका प्रा. डां भोला थापा हुनुहुन्थ्यो भने सभापतित्व संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले गर्नुभएको थियो । 
    धुलिखेल नगरपालिका प्रमुख अशोकुमार व्याञ्जु श्रेष्ठ, उपप्रमुख विमला शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, काठमाण्डौं विश्व विद्यालयका परीक्षा नियन्त्रक प्रा. डा. भोला थापाले पुस्तक माथि समालोचना गर्न भएको थियो । उक्त पुस्तक शब्द यात्रा प्रकाशनद्वारा प्रकाशित १ सय ५४ औं पुस्तक हो । कार्यक्रम प्रस्तोता शिव बञ्जारा, महाप्रबन्धक शारदा प्रसाद शर्माले पुस्तकको परिचय मन्तव्य दिनु भएको थियो ।
    अनुवादकद्वय डा. भास्कर हुकागाई र रोशन अधिकारीलाई होटल हिमालयन होराजनका तर्पmबाट आभार पत्र प्रदान गरेको थियो । कार्यक्रममा गीति भास्कर मच्छेश्वर सापकोटा, लेखकहरु डा. इन्दुल के.सी., डा. हेमराज काप्mले, उद्धव प्रसाद नेपाल, निर्मला श्रेष्ठ, रमेश अधिकारी, पुण्यवती घले, चूडाप्रसाद चौलागाई, केदारनाथ तिमल्सिना, रामप्रसाद अधिकारी, प्रह्लाद प्याकुरेल, अमृत अधिकारी, सिद्धिवहादुर कर्माचार्य, अम्वीका थापा, प्रकृति प्याकुरेल, सङ्गीता के.सी., दीपक तिमल्सिना लगाएतको अतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्