IMG-LOGO

काभ्रेको राजश्व लक्ष्य भन्दा १ अर्व ३ करोड बढी

 सोम, सावन ४, २०७८  - रमेशप्रसाद न्यौपाने

       आन्तरिक राजस्व कार्यालय धुलिखेलले  आ. व.२०७७/२०७८ मा वार्षिक  राजश्व संकलन लक्ष्य २ अर्व ९३ करोड ४३ लाख २९ हजार लिएकोमा  ३ अर्व ९६ करोड १लाख २४ हजार संकलन गरेको छ । जुन लक्ष्य भन्दा  १ अर्व ३ करोड अर्थात ३५ % बढी भएको कुरा कर अधिकृत एवं सुचना अधिकारी सुवास खत्रीले बताउनु भयो ।
    त्यसै गरी आन्तरिक कार्यालय धुलिखेलले  आ व २०७७/२०७८ का लागि १ अर्व ५३  करोड ३७ लाख  ८६ हजार वार्षिक लक्ष्य राखेकोमा  १ अर्व ९३ करोड २ लाख  ८८ हजार संकलन गर्न सफल भएको छ । जुन लक्ष्य भन्दा  २५ दशमलब ८५ बढी हो । मूल्य अभिबृद्धि कर तर्फ  ८५ करोड ५६ लाख ५३ हजार वार्षिक लक्ष्य लिएकोमा १ अर्व ४१ करोड ६४ लाख  २७  हजार राजश्व संकलन भएको छ । अन्त शुल्क तर्फ ३० करोड ६६ लाख ४० हजार वार्षिक लक्ष्य लिएकोमा ३२ लाख ५८ हजार राजश्व संकलन गरेको कर अधिकृत खत्रीले बताउनु भयो ।  
    यसै गरी करदाताहरुमा आ.व.२०७७/२०७८ मा अन्तः शुल्क तर्फ  २ सय ९५ थप गरी जम्मा १ हजार ३ सय  ३९ जना, आयकर तर्फ ,५ हजार १ सय ४९ थप भई २७  हजार ८४ पुगेको,व्यतिmगत करदाता पानमा २१ हजार ८ सय १ थप भई , २८ हजार ५ सय ९६ पुगेको , मूल्य अभिबृद्धि कर तर्फ ५ सय ४५ थप गरी ३ हजार ६ सय ४८ रहेका र कार्यलय पान ९ध( उबल ० ३ सय ८८ थप भई ४ सय ४९ गरी यस वर्ष जम्मा २८ हजार १ सय ७८ थप भई  ६१ हजार  २ सय ७० करदाता रहेको कर कार्यालय धुलिखेलले जनाएको छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्